तीनवटा औषधि बिक्रीमा विभागले लगायो रोक


काठमाडौँ – तीनवटा औषधिका विभिन्न ब्याचलाई बिक्री वितरणमा रोक लगाइएको छ । न्यून गुणस्तरीय पाइएपछि औषधि व्यवस्था विभागले बिक्री वितरणमा रोक लगाएको हो ।

धनुषाको लोमस प्यारेन्टल एण्ड फर्मुलेसनबाट उत्पादित ब्याच नम्बर डब्लुवाइ २४५ को एनएस ५००एमएल र आरएल ५०० एमएल (स्लाइन वाटर)मा समस्या देखिएको विभागले जनाएको छ ।

त्यस्तै, भारतको एग्लोम्ड लिमिटेडबाट उत्पादित ब्याच नम्बर एन१६२२०६ को पानोपाज नामक औषधिमा पनि खराबी देखिएको हो । यी तीन औषधि राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ ।

यी ब्याचका औषधि तत्काल बजारबाट फिर्ता गरी सोको विवरण पेस गर्न विभागले उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया