काठमाडौँका ४ वटा सडकमा आजबाट एकतर्फी सवारी चल्न दिने निर्णय


काठमाडौँ – काठमाडौँका ४ वटा सडकमा आजबाट एकतर्फी सवारी चल्न दिने निर्णय गरिएको छ ।

काठमाडौँ महानगरपालिका स्थित दरबारमार्गमा रहेको महेन्द्र्र शालिकाबाट कृष्ण पाउरोटी निस्किने सडक, त्रिपुरेश्वरबाट ललितपुरको गुर्सिङ्गालतर्फ जाने र आउने चारवटा बाटो ‘वान वे’ एकतर्फी कायम गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

सडक साँघुरो भएको हुनाले जाम व्यवस्थापन गर्न एकतर्फी नियम लागु गरिएको एसएसपी भट्टले जानकारी दिए ।

दरबारमार्गस्थित महेन्द्र्र शालिकबाट सवारी–साधन कृष्ण पाउरोटी मोडतर्फ जान पाउँछन् । तर, कृष्ण पाउरोटी मोडबाट महेन्द्र्र शालिकतर्फ आउन रोक लगाइएको छ ।

कमलादी मोड र घण्टाघर बीचको सडकमा कमलादीबाट घण्टाघरतर्फ सवारी साधान आउन पाउँछन् । तर, घण्टघरबाट कमलादीतर्फ चल्न नदिनेगरी एकतर्फ गरिएको एसएसपी भट्टले जानकारी दिए ।

त्रिपुरेश्वरचोकस्थित राहदानी विभाग नजिकै विश्वनिकेतन स्कुलबाट गुर्सिङ्गगल (सेतोपुल) तिर सवारी जान पाउँछन् । तर, तर गुर्सिङ्गगलबाट राहदानी विभागतर्फको मुल सडकमा निस्कन नपाउने नियम लागू गरिएको छ ।

प्रतिक्रिया