

सपथपछि मुख्यमन्त्री कार्की भन्छन्, ‘कोशीमा सहमतिको सकार बन्छ’

विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सहमतिको सरकार बन्ने बताएका छन्।
आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले कोशीमा सहमतिको सरकार बन्ने दाबी गरेका हुन्।
‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ। प्रदेश सभा विघटन नहुने भएको छ,’ उनले भने,‘अब सहमतिको सरकार बन्छ।’
मुख्यमन्त्री कार्कीले आइतबार नेपाली कांग्रेस र नेकपा एमालेबाट एक-एक जना मन्त्री नियुक्त गरेका छन्।
कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।
कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

