

पाकिस्तानविरुद्ध जितका लागि भारतलाई १९२ रनको लक्ष्य

काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गतको पाकिस्तानविरुद्धको खेलमा भारतले जितका लागि १९२ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिलो फिल्डिङ गरेको भारतले पाकिस्तानलाई ४२.५ ओभरमा १९१ रनमा समेट्दै उक्त लक्ष्य पाएको हो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० रन बनाए भने मोहम्मद रिजवान ४९ रनमा आउट भए । एक समय १५५ रन बनाउँदा २ विकेटमात्र गुमाएको पाकिस्तान बाँकी ३६ रन बनाउँदा ८ विकेट गुमायो । पाकिस्तानका लागि ओपनरद्वय अब्दुल्ला सिफिक्वीले २० रन बनाए भने इमाम उल हकले ३६ रन बनाएका थिए । त्यस्तै हसन अलिले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकले रन बनाउन सकेनन् ।
भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदिप यादव र रविन्द्र जडेजाले २÷२ विकेट लिए ।

