नेपालगञ्ज बीपीचोकनजिकै आगलागी, ७ पसल जलेर नष्ट


रुपन्देही – बाँकेको नेपालगञ्ज बीपीचोकनजिकै आगलागी भएको छ । सुर्खेत रोडस्थित ओम फिट्नेसबाट बागेश्वरी मन्दिर जाने बाटोमा रहेको फर्निचर पसलमा बिहान पौने ५ तिरबाट आगलागी भएको हो ।

एउटा पसलबाट सल्किएको आगोले ७ वटा फर्निचर पसल जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ । आगलागी हुनेबित्तिकै नेपालगञ्ज उपमहानगरपालिकाको दुई वटा दमकल र कोहलपुरबाट आएको दमकलले नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगलागी भइरहेको टोलमा लस्करै करिब १४-१५ वटा फर्निचरको पसल छ ।

बाँके‌ प्रहरी प्रवक्ता नारायण डाँगीले नियन्त्रण प्रयास जारी रहेको भन्दै क्षतिको विवरण आउन समय लाग्ने बताए ।

प्रतिक्रिया