पूर्वमन्त्री जोशीको मस्तिष्कको शल्यक्रिया सम्पन्न


काठमाडौं – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया गरिएको छ । मस्तिष्कघात भएपछि शुक्रबार बिहान ५ बजे नर्भिक अस्पताल भर्ना भएका जोशीको बिहानै अप्रेसन (शल्यक्रिया) गरिएको दाजु राजुराज जोशीले जानकारी दिएका छन् ।

उनले अप्रेसनपछि जोशीलाई आईसीयू कक्षमा भेन्टिलेटरमा राखिएको जानकारी दिए । ‘अप्रेसन सम्पन्न भएको छ, तर डाक्टरहरुले अहिलेसम्म विरामीको अवस्थाबारे केहि भन्नु भएको छैन’, उनले भने ।

जोशीको मस्तिस्कमा थोरै रगत देखा परेकाले उनको तत्काल अप्रेसन गरिएको अस्पतालले जनाएको राजुराजले बताएका छन् । बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो । वीरमा उपचार सम्भव नभएपछि उनलाई नर्भिक सारिएको हो ।

प्रतिक्रिया