रिगलविरुद्धको मुद्दामा आधा बहसपछि हेर्न नमिल्नेमा, अर्को पेसी कात्तिक १४ मा


काठमाडौं– कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका रिगल भन्ने योगराज ढकाललाई संविधान दिवसको दिन सजाय छुट दिई रिहा गर्ने निर्णयविरुद्ध दायर भएको रिट हेर्न नमिल्ने हुँदै स्थगित भएको छ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा पेसी रहेको मुद्दा आधा बहसपछि हेर्न नमिल्ने भन्दै स्थगित भएको हो।

बिहान करिब ११ बजेवाट सुरु भएको बहस २ बजेसम्म चलेको थियो। बिहान निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेलगायतका कानुन व्यवसायीले बहस गरेका थिए।

प्रधानन्यायाधीश श्रेष्ठसमेत संलग्न भएको एक मुद्दा त राष्ट्रपतिले माफी दिने निर्णयमा पनि उल्लेख गरिएको छ। यो सँगै उक्त रिटमा अब नयाँ पेसी तोकिने छ। रिगलले माफी पाएपछि हत्या भएका चेतन मानन्धरकी पत्निले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

यस मुद्दाको अर्को पेशी कात्तिक १४ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया