

‘टिकटक, फेसबुक र इन्स्टाबाट भइरहेको ठगी धन्दा नियन्त्रण गर्न सांसद पौडेलको माग

काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले टिकटक, फेसबुक र इन्स्टाग्रामको प्रयोग गरेर ठगीको नयाँ धन्दा सुरू भएकोले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा सामानको विज्ञापन गर्ने, अनलाइनबाटै पैसा लिने र सामान उपलब्ध नगराउँदै अकाउन्ट बन्द गरी ठगी गर्ने प्रवृत्ति बढेको पौडेलले बताए ।
उनले भने, ‘प्रविधि प्रयोग गरेर ठगीधन्दा सुरू भएको छ । सरकारले तत्काल सम्बन्धित निकायलाई सक्रिय बनाएर यस्ता ठगी अन्त्य गरोस्, संलग्नहरूलाई कानुनअनुसार कारबाही गरोस् ।’
सरकारले चाडपर्वका मुखमा सडक मर्मत नगरेको र महँगी नियन्त्रण गर्न नसकेको पनि उनले बताए ।

