इरानविरुद्ध नेपालको २७४ रनको जित


काठमाडौं – एसीसी यू–१९ प्रिमियर कपको खेलमा नेपालले इरानविरुद्ध शानदार जित हात पारेको छ ।

नेपालले विशाल ३५४ रन पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा समेटिएपछि नेपालले शानदार जित हात पारेको हो ।

दीपेश कँडेल र सुवास भण्डारीको अगाडी टिक्न नसकेको इरानका लागि यी दुई जनाले १६ ओभरमा १० रन दिँदै ६ विकेट लिएका थिए ।

भण्डारीले ८ दशमलव ५ ओभर बलिङ गर्दै जम्मा ६ रन दिए भने ७ ओभर बलिङ गरेका कँडेलले ४ रन मात्रै दिए ।

यस्तै ७ ओभरमा १९ रन खर्चिएर हेमन्त धामीले २ र ३ ओभरमा २७ रन खर्चिएर आकाश चन्दले २ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा ४०=१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो ।

 

प्रतिक्रिया