

डेंगु पुष्टी भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।
स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालको निगरानीमा निवास र वीर अस्पतालमा राखेर उपचार गरिएको थियो ।
डेंगु परीक्षणमा संक्रमण पुष्टि भएपछि बानेश्वरको निजामती कर्मचारी अस्पतालमा भर्ना गरिएको छ ।
उपचारमा निजी चिकित्सक डा. सिलवालसँगै सिभिल अस्तालका विशेषज्ञ चिकित्सकहरु खटिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले समेत उपराष्ट्रपति यादवको पछिल्लो स्वास्थ्य अवस्थाबारे फोनमार्फत जानकारी लिएका छन् ।

