

पाकिस्तानमा आतङ्कवादविरुद्ध छुट्टाछुट्टै कारबाहीः २ जनाको मृत्यु

काठमाडाैं – इस्लामाबाद–पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा दुई आतङ्ककारी मारिएको पास्तिस्तानी सेनाले जनाएको छ ।
सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारवाहीमा दोहोरो भिडन्तमा एक आतङ्ककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ । मारिएका २ जना आतङ्ककारी हमला तथा सुरक्षा बलविरुद्ध गतिविधिमा सक्रिय रहेको सेनाले जनाएको छ ।
यसैगरी उत्तरी वाजिरिस्तान जिल्लामा आतङ्ककारीसँग भएको अर्को भिडन्तमा सेनाले लुकेर बसेका अर्का आतङ्ककारीलाई मारेको जनाएको छ । ती आतकङ्कारीबाट हतियार र गोलाबारुद बरामद गरेको पनि सेनाले जनाएको छ ।

