देशभर ३६३७ संक्रमित थपिए, उपत्यकामा थप १५५२ संक्रमित


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । नेपालमा पछिल्लो २४ घन्टामा देशभर १५ हजार २ सय ५५ जनाको पीसीआर परिक्षण गरिएको छ ।

काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना गरी पछिल्लो २४ घन्टामा उपत्यकामा १५५२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३२१५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख २ हजार ८ सय २० रहेको छ ।

प्रतिक्रिया