नेप्से ४४ अंकले घट्याे, ६ अर्ब ९ करोड बढीको कारोबार


काठमाडौं – साताको अन्तिम कारोबारको दिन नेप्से ४४ दशमलव ९४ अंकले घटेर २५५४ दशमलव १३ को विन्दुमा कायम भएको छ । सोमबार २ सय ६ सय वटा कम्पनीको १ करोड ५८ लाख ५६ हजार १ सय ७१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीहरु मध्ये १५९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको मात्र शेयर मूल्य बढेको छ । यता कारोबारमा आएका सबै उपसमूहहरू पनि घटेका छन् ।

नेप्सेमा आज १ करोड ५८ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको मात्रै ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

 

प्रतिक्रिया