
सगरमाथा आरोही संघ अध्यक्षमा शेर्पा, सचिवमा चुँडाल
काठमाडौं– सगरमाथा आरोही संघको अध्यक्षमा माया शेर्पा र सचिवमा मदन चुँडाल निर्वाचित भएका छन्।
विहीबार राजधानीमा भएको निर्वाचनबाट संघको प्रथम उपाध्यक्ष दिवस पोखरेल, द्वितीय उपाध्यक्ष लाक्पा शेर्पा भए भने महासचिवमा शिवबहादुर सापकोटालाई निर्वाचित गराइयो।
भुपेन्द्र पोखरेल प्रमुख निर्वाचन आयुक्त तथा ईश्वर पोखरेल निर्वाचन अधिकृतको निर्वाचन मण्डलका अनुसार कोषाध्यक्षमा दिकी शेर्पा, सदस्यहरूमा सोनाम शेर्पा र मिङ्मा डेबिट शेर्पा निर्वाचित भएका हुन्।



कागजपत्र |
