भूकम्पमा परी बझाङमा ६ जना घाइते, सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध


धनगढी – आज (मंगलबार) दिउँसो पटक पटक गएको भूकम्पका कारण बझाङमा केही घर र विद्यालय भवन भत्किएको छ । भुकम्पमा परि हालसम्म ६ जना घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर ६ जना घाइते भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताए ।

सत्यबादि मावि भोपुरका चार जना विद्यार्थी, केदार स्युँ गाउँपालिकामा एक जना, खप्तडछान्ना गाउँपालिकामा एक जना गरेर ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे  छ ।

त्यसै गरी भुकम्पका कारण अछाममा एक युवक घाइते भएको प्रहरीले जनाएको छ । उनी विद्यालयको भवनबाट हाम फाल्दा घाइते भएका हुन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा रहेको बिन्देवासीनि माद्यामिक विद्यालयको विज्ञान भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन्।

तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको छ ।

भूकम्पसँगै आएको सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक माथिबाट पहिरो जादा जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । त्यसपछि ३ बजेर ६ मिनेटमा पुन सोही क्षेत्र केन्द्रबिन्दू बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिम लगायत देशका विभिन्न भागमा महशुस गरेको थियो ।

प्रतिक्रिया