साउदी अरबको मरुभुमीमा भव्य हिमपात, खाडीमा हुने दुर्लभ घटना (भिडियाे)


रियाद – साउदी अरबमा भव्य हिमपात भएको छ, यो निकै आश्चर्यजनक हो । मरभुमी र गर्मी देशमा कसरी हिउँ पर्न सम्भव भयो भन्ने मानिसहरु अचम्ममा परेका छन् । सामाजिक संजालमा यस घटनाको भिडियोको निकै चर्चा भइरहेको छ ।

भिडियोमा साउदी अरबको मरभुमीमा सेतो कार्पेट जस्तो देखिएको छ भने उँटको शरीरमा हिउँ परेको तस्वीर निकै भाइरल भएको छ । साउदी अरबमा ५० वर्ष पछि पहिलो पटक हिउँ परेको हो ।

यसभन्दा पहिला पनि साउदी अरबमा हिउँ परेको थियो तर यति भारी हिमपात अहिलेसम्म भएको थिएन । साउदी अरब मा भएको हिमपात खाडी मुलुकहरुमा हुने दुर्लभ घटना हो । एक हप्ता पहिला साउदीमा चिसो लहर चलेको थियो ।

साउदी अरबको तापक्रम माइनस दुई डिग्री पुगेको छ र आवासीय क्षेत्रमा मानिस सहित जनावरहरुलाई पनि हिमपातले समस्या भएको छ । यसै बीच मौसम विभागले हिमपातको बारेमा चेतावनी जारी गरिएको छ ।

मौसम विभागको अनुसार आउँदो दिनमा चिसो थप बढ्दै जाने बताएको छ । मौसम विभागले मानिसहरुलाई घरमा नै बस्न अपिल गरेको छ । विशेषगरी रातिको समयमा धेरै चिसो बढ्ने हुने भएको कारण तातो हुने लुगा लगाउन निर्देशन दिएको छ ।

विश्वको विभिन्न स्थानमा जनवरीमा हिउँ पर्ने गर्दछ तर अफ्रीका र मध्यपुर्वको मरभुमीमा प्राय हिउँ पर्दैन तर यस वर्ष सहारा मरभुमीमा रहेको अल्जेरियामा हिमपात भएको छ र साउदी अरबमा तापक्रम माइनस दुई डिग्री पुगेको छ । सहारा मरभुमीमा सेतो हिउँको कार्पेट जस्तो देखिने तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ । एजेन्सी

भिडियाेः

https://www.youtube.com/watch?v=XKGLa9TETtQ&feature=emb_title

प्रतिक्रिया