


एमाले कर्णाली अधिवेशनमा मतगणना जारी, गुलाबजंग शाहले लिए सुरूआती अग्रता

काठमाडौं – नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत मतगणना भइरहेको छ । हालसम्म पहिलो चरणमा १०० मत गनेर सकिएको छ। १०० मत गन्दा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले ५२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।
त्यस्तै अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ मत पाएका छन् भने प्रकाश रोकायाले २ मत ल्याएका छन्। एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार राती निर्वाचन भएको थियो।
सहमतीमा नयाँ नेतृत्व चयन गर्ने लामो प्रयास भएपनि सम्भव नभएपछि आइतबार राति १० बजे निर्वाचन भएको थियो ।

