एमाले कोशीको मतगणना ५ बजेपछि


विराटनगर – नेकपा एमालेले कोशी प्रदेशको नयाँ नेतृत्व चयका लागि भएको निर्वाचनको मतगणनाआज बेलुका ५ बजेदेखि गरिने भएको छ ।

कोशीको पहिलो अधिवेशन अन्तर्गत आइतबार राति भएको निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गर्ने तयारी गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ मत खसेको थियो । प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा मैदानमा उत्रिएका थिए ।

२१५ सदस्यीय प्रदेश कमिटी मध्ये उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए ।

प्रतिक्रिया