

एसियाली खेलकुदः नेपाल सेमिफाइनल प्रवेशका लागि भारतसँग भिड्ने

काठमाडौं – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतसँग खेल्ने भएको छ ।
नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्नेछ । नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो । भारतले एसियाडमा युवा खेलाडीलाई समेटेर क्रिकेट टोली पठाएको छ ।
नेपाल पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशलाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो ।

