

च्याम्पियन्स लिग फुटबल : सिटीको सहज जित

काठमाडौं – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।
प्रिमियर लिग क्लब सिटीले बुधबार राति भएको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ग्राबियल जिससले एक–एक गोल गरे ।
खेलको २९ औं मिनेटमा सिल्भाको गोलबाट सिटीले अग्रता बनाएको थियो । ६५ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।
यो जितसँगै सिटीले पहिलो लेगमा आफूलाई बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ ।

