
एमाले बागमती अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू
काठमाडौं – नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ ।
पटक पटक निर्वाचन कार्यतालिका फेरबलदपछि आज १२ बजेबाट मतदान सुरू भएको हो ।
पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि रामेछापका कैशाल ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन् ।
सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् । यसअघि तीन पटकसम्म निर्वाचन कार्यक्रम संसोधन भएकामा आज ८ बजेदेखि चुनाव हुने कार्यतालिका थियो।
भृकुटीमण्डपमा जारी अधिवेशनको मतदान भने पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।



कागजपत्र |
