
जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान
काठमाडौँ – एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।
अध्यक्ष यादव गए राति २:१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गरेको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।
असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।



कागजपत्र |
