राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको हृदयघातबाट निधन


काठमाडौं – राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन भएको छ ।

बिहीबार राती सहसचिव कार्कीको हृदयघातका कारण निधन भएको हो ।

उनी सुतै ठाउँमा मृत भेटिएको बताइएको छ । उनी केही समय अगाडि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर राष्ट्रपति कार्यालयका काम गर्दै आएका थिए ।

यसअघि अख्तियारमा कार्यरत हुँदा विभिन्न महाशाखामा बसेर कार्कीले राम्रो काम गरेका थिए ।

प्रतिक्रिया