स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्छ : निधि


काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चिकित्साकर्मीहरुमाथिको आक्रमण आपत्तिजनक भएको बताएका छन् । आन्दोलनरत् चिकित्सकहरुक‍ो माग जायज रहेको भन्दै अपराधी ज‍ो सुकै भए पनि कारबाही हुनु पर्ने बताए ।

‘अस्पतालमा पटक पटक डाक्टर र चिकित्साकर्मीहरुमाथि आक्रमण हुनु आपत्तिजनक विषय ह‍ो, उनी भन्छन्, ‘यसको घोर निन्दा गर्दछु। आन्दोलनरत् चिकित्सकहरुक‍ो माग जायज ह‍ो। अपराधी ज‍ो सुकै भए पनि कारबाही हुनु पर्दछ।’

असान्दर्भिक र अनुपयुक्त तर्क सारेर कसैले अलमल्याउन खोज्नु अनुचित हुने उनको भनाइ छ । ‘असान्दर्भिक र अनुपयुक्त तर्क सारेर कसैले अलमल्याउन खोज्नु अनुचित हुनेछ। सरकारक‍‍ो ध्यान जाओस्,’ नेता निधिले भने ।

केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की, चितवन, बुटवल, मोरङ, पाटन लगायतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको थियो । त्यसको विरोधमा चिकित्सकहरु आन्दोलित छन् ।

प्रतिक्रिया