केन्द्रीय पुस्तकालय २४ सै घण्टा खोल्नुपर्ने माग राख्दै आन्दोलन


काठमाडौं – त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय २४ सै घण्टा खोल्नुपर्ने माग राख्दै स्वतन्त्र विद्यार्थी युनियन त्रिविले ३ दिनदेखि आन्दोलन जारी राखेको छ।

स्वतन्त्र विद्यार्थी युनियन त्रिविका सदस्य गोमा राईका अनुसार आज पनि पुस्तकालय गेटमै धर्ना दिइएको छ।

उनले आज साँझ ७ बजेदेखि ८ बजेसम्म उपप्राध्यापक तारालाल श्रेष्ठले पुस्तकालयको महत्वबारे प्रवचन दिने कार्यक्रम पनि रहेको  जानकारी दिए।

उनले भनेका छन्,‘२४ घण्टा नै पुस्तकालय खुला हुनुपर्छ भन्ने माग राख्दै सुरु गरिएको रचनात्मक अभियानको आज तेस्रो दिन, साँझ ठिक ७:००-८:०० बजेसम्म ‘सिकाइपूर्ण साँझ’को लागि उप-प्राध्यापक तारालाल श्रेष्ठज्यूले  पुस्तकालयको महत्त्व, हाम्रो परिवेश, लाइब्रेरी प्रयोगको अनुभव र अनुसन्धानमा केन्द्रित रहेर ‘पठन संस्कृति र सबाल्टर्न समुदाय’ शीर्षकमा प्रवचन दिदैहुनुहुन्छ।’

प्रतिक्रिया