देशभर थप ९४ जनामा कोरोना संक्रमण, १ को मृत्यु


काठमाडौं – गत २४ घन्टामा नेपालमा ९४  जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६६ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ७१ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।

पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ५० हजार २२५ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा १५५५ रहेका छन् भने ६३ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

प्रतिक्रिया