चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता


काठमाडौं – चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि आवश्यक कारर्वाही गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिवद्धताजनाएका छन् ।

चिकित्सकमाथि भएको पटक पटक भएको आक्रमणका कारण आन्दोलनरत चिकित्सक र सरकारबीच आज भएको वार्ताको क्रममा गृहमन्त्री श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सरकारले प्रतिवद्धता जनाएका हुन् ।

मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य सस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्न पनि सरकार तयार भएको छ ।

साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरुलाई ऐन अनुसार नै कारबाही गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिवद्धता जनाएका चिकित्सक संघका अध्यक्ष डा। अनिलबिक्रम कार्कीले जानकारी दिए ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो ।

रेजिडेन्ट चिकित्सकहरुले डाक्टरमाथि आक्रमण गर्नेलाई पुर्पक्षका लागि थुनामा पठाएर घटनाको अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । उनीहरुले यो माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया