

भागबण्डा गर्ने थलो बन्यो संवैधानिक परिषद : अर्जुननरसिंह केसी

काठमाडौं – सत्तारुढ नेपाली काँग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले संवैधानिक परिषदलाई सरकार र सत्तामा हुनुहरुले निर्य र छायाँमा राख्ने काम भइरहेको बताए । उनले भागबण्डा परिषद्को रुपमा विकसित भएको संवैधानिक परिषदलाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरूले छायाँ बनाउन नसक्ने बताउन आवश्यक रहेको बताए ।
नेता केसीले राजनीतिक पार्टी र सत्तामा बसेकाहरूले छायाँमा राख्दा स्वतन्त्र संवैधानिक निकायहरु अझ निरीह हुनसक्ने बताए । उनले महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुजू कम गर्ने विषयमा कडाइ गर्नुपर्ने बताए । उनले महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा कडाइ गर्दा पनि बेरुजू कम हुनसक्ने अवस्था रहेको बताए ।
उनले भने, ‘बेरुजू कम गर्ने समाधानको पक्ष के हो । पछिल्लो समयको मुख्य समस्या एकपछि अर्को गर्दै बेरुजु वृद्धि हुँदै गएको छ । संवैधानिक परिषद्ले जसरी काम गरिरहेको छ । त्यो संवैधानिक परिषद् नै जसरी भागबन्डा परिषदको रुपमा विकसित भएको छ । त्यसलाई पूर्ण नसक्ने हो भने हाम्रो संवैधानिक संस्था जसरी दल वा सत्तामा बसेकाहरुको निरिह र छायाँ बनाउने कोशिस गरिएको छ त्यो निरन्तरता रहन्छ ।
निरन्तरताको फलस्वरुप हाम्रा स्वतन्त्र संवैधानिक संस्थाहरू छन् । ती झन निरिह हुनसक्ने सम्भावना छ । महालेखा परीक्षक र महालेखा नियन्त्रक कार्यालयको के छ ब्यालेन्स । कतिपय कुराहरु महालेखा नियन्त्रक कार्यालयले नसक्दा पनि बेरुजु बढी आउने गर्छ ।
महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा कडाइ गर्दा पनि बेरुजू कम हुनसक्छ । महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा कति कडाइ गर्नसक्छ भन्ने कुरामा पनि खाल गर्नुपर्छ ।’ उनले महालेखानियन्त्रक कार्यालयले रकम निकासामा नियन्त्रण गर्नसक्ने रुपमा काम गर्न आवश्यक रहेको बताए ।

