


अन्ततः चीनका लागि उडे सन्दीप लामिछाने

काठमाडौं — क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीन प्रस्थान गरेका छन्।
सन्दीपले केही बेर अघि त्रिभुवन विमानस्थलबाट चीन जाने क्रममा फोटो सार्वजनिक गर्दै आफू चिनका लागि प्रस्थान गरेको जनाएका छन् । उनीसँगै अर्का क्रिकेट खेलाडी सागर ढकाल पनि चीन प्रस्थान गरेका छन् ।
तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिएका थिए ।
काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको सन्दीपविरुद्धको बलात्कारको मुद्दामा फैसलाका लागि आइतबारलाई पेसी तोकिएको थियो।
तर अदालतले मुद्दा स्थगितको सूचीमा राखेपछि उनी आज चीन प्रस्थान गरेका हुन्। मुद्दाको सुनुवाइ स्थगित भए पनि सन्दीपले मानसिक तनावका कारणले आफू खेल्न सक्ने अवस्थामा नरहेको बताउँदै आएका थिए।
तर नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँगको छलफलपछि उनी चीन जान तयार भएका हुन्।

