राष्ट्रिय सभा बैठक एक सातापछि सर्‍यो


काठमाडौं – आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ ।

१२ असोज शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक एक सातापछि बस्नेगरी सारिएको छ ।

१२ असोजमा बोलाइएको बैठक १८ असोज बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी सारिएको संघीय संसदमा महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार विशेष कारणवश तोकिएको दिन र समयमााम बस्न नसक्ने भएकाले बैठक सारिएको हो ।

प्रतिक्रिया