सुर्खेत जाँदै गरेको ‘नाइट’ बस दुर्घटना हुँदा २५ बढी यात्रु घाइते


दाङ – दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

पुर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ शिवखोलामा बस दुर्घटनामा परि घाइते भएका यात्रुहरुको उपचारका लागि लमही अस्पताल पठाउने थालिएको छ ।

बसका ४५ जना यात्रु सवार थिए ।

प्रतिक्रिया