पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्यु


पाल्पा – आज (सोमबार) डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

डेंगी संक्रमीत ती व्यक्तिको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनलाई असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगीका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। राजेन्द्र गिरीले जानकारी दिए ।

डेंगी संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

आजै डेंगी संक्रमणकाट उदयपुरमा एक पुरुषको मृत्यु भएको थियो। खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया