


निफ्राको शेयर कारोबार खुल्यो, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं – नेप्सेमा पुन: नेपाल इन्फ्रस्टक्चर बैंकको शेयर कारोबार खुलेको छ । केहि समय प्राविधिक समस्याका कारण यस कम्पनीको शेयर खरिद बिक्रीमा समस्या आएको थियो । उक्त समस्या सामाधानसँगै बेंकको शेयर कारोबार खुलेको हो।
यस्तै मंगलबारबाट भारी अंकले ओरालो लागेको नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक साताको चौथो दिन(बुधबार) कारोबारको तेस्रो घण्टासम्म आउँदा दोहोरो अंकले बढेको छ ।
दुई बजे सम्म आउँदा नेप्से परिसुचक २३.५७ अंकले बढेर २६१०.०८ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १२ उपसमुशमध्ये २ उपसमुह ओरालो लागेका छन् भने बाँकी १० उपसमुह उकालो लागेका हुन् ।
कारोबारमा आएका १९९ कम्पनीको ९७ लाख १३ हजार ८३ कित्ता शेयर ३८ हजार ४३० पटक खरिद बिक्री हुदाँ ४ अर्ब ५३ करोड १ लाख ८० हजार बराबरको कारोबार भएको छ ।

