सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलामा १०० रुपैयाँ बढेको छ । छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया