

आयरल्यान्डको भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाडौं – सभामुख देवराज घिमिरे आइतबार आयरल्यान्डको भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले भ्रमणका क्रममा आयरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता गरेको बताए।
सभामुख घिमिरेलेमाथिल्लो सदनका अध्यक्ष, तल्लो सदनका सभामुख, शिक्षा मामिला हेर्ने राज्यमन्त्री लगायतसँग भेटवार्ता गरेको जानकारी दिए ।

