प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्ट्रपति बिच औपचारीक भेट (फोटोफिचर)


काठमाडौं – चीनको एक हप्ते औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भेट भएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीलाई भेटेका हुन्।

एसियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा राष्ट्रप्रमुखहरुसँग साइडलाइन भेट गर्ने क्रममा सी र प्रचण्ड भेट भएको हो ।

स्वागत दिवा भोजमा राष्ट्रपति सीले चीन सरकार र चिनियाँ जनताका तर्फबाट सम्बोधन गर्दै १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा माग लिन आएका पाहुनालाई स्वागत गरेका थिए ।

प्रतिक्रिया