
आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई
काठमाडौं – सरकारले बुधबारबाट अनिश्चितकालका लागि आन्दोलनमा उत्रेका शिक्षकहरुसँग वार्ता गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान लिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको जानकारी गराएका हुन् ।
सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै देशभरका शिक्षकहरु विद्यायलय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले यसअधिको सम्झौता अनुसार विधेयक नआएको भन्दै सम्शोदन गर्न माग गरेका छन् ।
मंगलबार नै सरकारले शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेपनि वार्तामा नआउने अडानका साथ बुधबार शिक्ष्कहरु आन्दोलनमा उत्रिएका थिए । बुधबार वृहत शक्ति प्रदर्शन गरेको महासंघले आज उपप्रधान तथा गृहमन्त्रीको नेतृत्वमा शिक्षकहरुसँग वार्ता र छलफल गरेका थिए । तर आजको छलफल विना निष्कर्ष सकिएपछि शिक्षकरुले आजपनि आन्दोलन जारी राखेका थिए ।



कागजपत्र |
