युवा नेता थापाको पहलमा काभ्रेमा उन्नत जातका केराकाे विरुवा वितरण


काभ्रे – काभ्रेका स्थानीय तहमा अभियानकै रूपमा केराका विरूवा वितरण गरिएको छ । पनौती नगरपालिका वडा नं. ४ का नेपाली कांग्रेस इकाई सभापति तथा युवा नेता महेश थापाको पहलमा काभ्रेका विभिन्न स्थानीय तहमा उन्नत जातका केराको विरुवा वितरण गरिएको हो ।

युवा नेता थापाले काभ्रेका कृषकहरुलाई आर्थिक उपार्जनमा सहयोग पुर्याउने अभिप्रायःले उन्नत जातको केराको विरुवा वितरण गरेको जनाएका छन् ।

पनौतीमा एक घर दुई केराको अभियानका साथ अगाडि बढेका थापाको पहलमा काभ्रेका स्थानीय तहमा रातो केरा र जी–९ जातको केराको विरुवा वितरण गरिएको छ । उक्त अवसरमा थापाले जी–९ केरा भनेको एउटै घरीमा ३२० वटा फल्ने केरा भएको पनि जनाए ।

उक्त अवसरमा ती उन्नत जातका केराहरु पाँचखाल नगरपालिका कार्यालय परिसरमा लगाइएको थियो भने सरकारी जग्गाहरुमा लगाइने तयारी भएको पनि पाँचखाल नगरपालिका मेयर महेश खरेलले जनाए । आर्थिक उपार्जनका लागि जिल्ला भरि नै उक्त अभियान सुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया