


कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनित

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चन्द् भण्डारीसहित ८ जना मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम आज (बिहीबार) भण्डारीसहित ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।
मनोनित हुनेमा गुल्मीका डा। चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन् ।
देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन् । भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । त्यस्तै विश्वकर्माले सहमहामन्त्रीमा पराजित भएका थिए ।
जोशी, हुमागाईं यस अघि पनि केन्द्रीय सदस्य थिए । किरणराज शर्मा पौडेल यसअघि आमन्त्रित केन्द्रीय सदस्य थिए । रुपन्देही ५ बाट गत निर्वाचनमा पराजित शाह त्यसअघि लेखा समितिको सभापति थिए । रुंगटा उद्योगपति हुन् ।

