
माओवादी टुक्रँदा असफल भयो, मिलेर गए एक्लै जितिन्छ : मातृका यादव
काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादवले माओवादी पार्टी टुक्रँदा असफल भएको बताएका छन्।
माओवादीको जनतासँग विशेष अभियान कार्यक्रमका कर्णाली प्रदेश इन्चार्ज यादवले जुम्लाको सदरमुकाम खलङ्गामा भएको पाटी विस्तारित बैठकमा बेल्दै यस्तो बताएका हुन्। उनले यस तीन महिने अभियानले माओवादी साँच्चिकै रूपान्तरण हुन पर्नेमा जोड दिए।कर्णालीमा माओवादीले ध्यान दिए हरेक जिल्ला एक्लै लडेर जित्ने सम्भावना रहेको उनको भनाइ थियो।
माओवादीका नेता कार्यकर्ताको कमी नभएता पनि एकले अर्काको सफलतालाई नस्विकार्नु र कार्यकर्ता समेत विचलित हुने गरेकाले यस पटक माओवादी जनमत नल्याउन नसक्नुको कारण भएको उनको जिकिर थियो। उनले वडा देखी माथिल्लो तहसम्मका नेताहरूको व्यवहारका कारण पार्टीले धोका खादै आएको औँल्याए।
यस्ता विषयलाई ध्यान नदिइएकाले माओवादीलाई असफलता मिलिरहेको उनको भनाइ थियो। उनले माओवादी धार सबै सच्चिएर मिलेर अघि बढ्नुपर्ने बताए।



कागजपत्र |
