मुलपानीबाट ६ वर्षीय बालक हराए


काठमाडौं – काठमाडौँको मुलपानीबाट ६ वर्षीय बालक हराएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ स्थित मुलपानी प्लानिङबाट ६ वर्षीय मनिम लामा हराएका हुन् ।

असोज १ गतेबाट मनिम सम्पर्कविहीन भएपछि उनका बुवा सन्दीप लामाले खोजी गरिइदिनका लागी प्रहरीलाई जानकारी गराएका छन् । कसैले भेटेमा सन्दीपले आफूलाइ खबर गर्न वा प्रहरीमा बुझाइदिन आग्रह गरेका छन् ।

प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले बालकको खोजी भइरहेको जानकारी दिए । उनले भने–‘परिवारसँग समन्वय गरेर खोजी कार्य भइरहेको छ ।’

प्रतिक्रिया