राजधानीमा ‘द्रुत बससेवा’ सुरू, भोलीदेखि सर्वसाधरणले सेवा पाउने


काठमाडौं — सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ आजदेखि सुरु भएको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

यातायात मन्त्री  ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयर र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल  लगायतका कर्मचारीहरु बस चढेर यात्रा गरेका छन् ।

द्रुत बस सेवाले ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुर्याउने छ । द्रुत बसलाई जाम छल्न सजिलो हुने गरि माइतीघर, कोटेश्वर, जडिबुटी रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लिने छन् । यसअघि ‘द्रुत बस सेवा’ असोज १ देखि सञ्चालन गर्ने निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गरिएको छ । रत्नपार्कदेखि जडिबुटी र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु गरिएको हो ।

अहिले बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ । आज उद्घाटन भए पनि भोलिबाट २५ वटा बसले सेवा दिनेछन् ।

प्रतिक्रिया