
बाग्मती पारी अलपत्र परेका लामाको मध्यरातमा उद्धार
काठमाडौँ – काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित कटुवाल दहमा अलपत्र परेका पुरुषको उद्धार गरिएको छ ।
दक्षिणकाली वडा नम्बर–८ सिम्पानी राई टोल बस्ने रामबहादुर लामाको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
गोताखोर परिचालन गरेर गए राति २ बजे बागमती पारि रोकिएका रामबहादुकारे उद्धार गरिएको थापाले जानकारी दिए । पानीको बहाव कम भएको बेलामा बागमती पारि गएका लामा बहाव बढेपछि नदी किनारको पहरामा रोकिएका हुन् ।
सशस्त्र प्रहरी बल नम्बर–२० विपद् उद्धार उपत्यका गणबाट ९ जना गोताखोर र निलबाराही गण कीर्तिपुरबाट १५ जनाको टिमले उनलाई सकुशल उद्धार गरेको हो ।



कागजपत्र |
