नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्रमन्त्री साउद


न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् ।

मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ)कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् ।
७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क गएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया