

संविधान दिवसमा ६७० जनाको कैद माफी मिनाहा

काठमाडौं – सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो ।

