दाहाल-नेपालले प्रतिनिधिसभा पुस्र्थानाको स्वागत गर्दै एकअर्कालाई लड्डु खुवाएर साटे खुसी


काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहले संसद पुनर्स्थापनासँगै जनताको जित भएको बताएको छ ।

चितवनमा रहेका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका छन् । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुधबार अपरान्ह चितवन गएका थिए ।

बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका बेला सर्वोच्च अदालतले म‌गलबार संसद पुनर्स्थापना गर्ने आदेश सुनाए सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ ।

अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्तालाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । बुधबार हुने भनिएको कार्यक्रम अब विजयसभामा परिणत हुने भनिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै बैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषणा गरेकी थिइन् ।

उक्त संसद् विघटन संविधान विपरीत रूपमा भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएको थियो ।

प्रतिक्रिया