

प्रधानमन्त्रीको बाेलावटमा चारै सुरक्षा निकाय प्रमुख बालुवाटार जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सुरक्षा निकाय प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहानको सुरक्षा परिषद् बैठक र मन्त्रीपरिषद्को बैठकपछि नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र अनुसन्धान प्रमुखलाई छलफलका लागि बालुवाटार बोलाएको स्रोतले जनाएको छ । सुरक्षा निकाय प्रमुखहरू साँझ प्रधानमन्त्रीसँगको छलफलका लागि जाने र छलफलमा सहभागी हुने स्रोतले जनाएको छ ।
यसअघि सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सुरक्षा निकायहरुलाई निर्वाचनको माहौल बन्दै जाँदा जस्तोसुकै संकट आउनसक्ने भन्दै सोहीअनुसारको रणनीति बनाएर काम गर्न निर्देशन दिएका थिए ।

