अस्पतालभित्र पसेर चिकित्सक कुट्ने आमा–छोरी पक्राउ


काठमाडौं – हेटौँडाको सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गर्ने दुईजनालाई प्रहरीले नियन्त्रममा लिएको जनाएको छ ।

डाक्टरमाथि सांघातिक आक्रमण गर्नेमध्येका रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

रमा मृतक राजेश प्रधानको श्रीमती र रमिता छोरी हुन् । कुटपिटमा पक्राउ परेका दुईसहित मृतकका छोरा, भतिजलगायत संलग्न रहेको प्रहरीको भनाइ छ ।

सन्चो अस्पतालका चिकित्सकहरु डा। विकास थापा र डा। प्रशान्त विडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट भएको थियो ।

गत साउन २५ गते डेंगी सङ्क्रमित हेटौँडा–१२ का ४१ वर्षीय प्रधानको परीक्षणका क्रममा लापरबाही गरेको आरोपमा चिकित्सकहरुमाथि आक्रमण भएको हो । सन्चोबाट रिफर भएका उनको मृत्यु भने चितवनस्थित चितवन मेडिकल कलेजमा भएको थियो ।

प्रतिक्रिया