

सुन तस्करी गर्न नेपालमा चिनियाँ गिरोहले ७ वटा कम्पनी, ६ कम्पनीले भित्र्याएका थिए सुन

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरोले नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको दाबी गरेको छ।
६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका एसपी सञ्जयसिंह थापाले गिरोहले नेपालमा ७ वटा कम्पनी खोलेको र तीमध्ये ६ वटा कम्पनीले नेपालमा सुन भित्र्याएको बताए।
‘सुरुमा थोरै मात्रामा सामान ल्याउने र त्यसको सफलतालाई हेरेर बाँकी सामान ल्याउने गरेको देखिएको उनले बताए ।

