रेडी ट्रेडले ३०२ किलो सुन ल्याएको भेटियो : सीआईबी


काठमाडौँ – सुन तस्करी गर्न खडा गरिएको कम्पनी रेडी ट्रेडले ३०२ किलो८ सुन ल्याएको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गर्दैछ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।

विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब ६१ अवैध सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो ।

प्रहरीले यो प्रकणमा ३२ जना पक्राउ गरेको जनाएको छ भने अन्य १८ जना अझै फरार रहेका छन् ।

प्रतिक्रिया